काठमाडौं, चैत ६ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको…