सप्तरी, कात्तिक २१ । सप्तरीको महादेवा गाउँपालिका–१, पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुवाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुवा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी…