काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २९ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीले बुझाएको छ । विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको । सवारीधनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी साधन चोरी नियन्त्रणका लागि थप कार्यक्रम ल्याउने बताउनुभयो…