काठमाडौ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा जुवाखाल सञ्चालक गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेज बहादुर थापासँगै ३ लाख ८५ हजार ३ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम…