काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधा…