काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय…