काठमाडाैं । राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन दुई चरणमा पनि हुनसक्छ भनि दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रिय सभाकाे शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हो । सांसद बिसीले तोकिएको मितिमा एकैपटक देशैभरी सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका…