काठमाडाैं । पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । परराष्ट्र मन्त्रालयमा…