Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


कर्णाली प्रदेशमा ४ बजेसम्म ४९ प्रतिशत मतदान

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बेलुका ४ बजेसम्म ४९.३ प्रतिशत मतदान भएको छ। प्रदेशका विभिन्न जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ। यस्तै, सुर्खेत जिल्लामा भने बेलुका ४ बजेसम्म ५१ प्रतिशत मत खसेको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया जारी रहेको जनाइएको छ।