काठमाडाैं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता, सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमति बिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले…