Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


पोखरामा माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते, थप विवरण आउन बाँकी

काठमाडौं । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार दिउँसाे माइक्रोबस दुर्घटना भएको हो । आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेकाे प्रहरीले बताएको हो ।…