काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको गुनासाे गर्नुभएकाे छ। पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुकाविरुद्ध पार्टीमा घेराबन्दी भएको गुनासाे गर्नुभएकाे हाे। उहाँले कांग्रेसले पछिल्लो समय प्रक्रिया र विधान निल्दै गएको आरोप लगाउनुभयो । उहाँले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने…