काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरु अपराधी भएको बताउनुभयो । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ…