काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसके लगत्तै स्थगित गरिएको छ। अर्काे बैठक यहि असोज ३० गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको हो । गत भदौमा २४ भएको जेनजी आन्दोलनपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक हुनुभएकाे छ । आगामी बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गर्नुहुने भएकाे छ।…