काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गर्नुभएको छ । अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताउनुभएको हो । बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताउनु भयो ।…