काठमाडाैं । मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई हराउँदै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जितसँगै शीर्षता होडमा आफूलाई उभाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडमाथि २–० को जित निकालेको हो । यससँगै जारी लिगमा लालीगुराँससँगै मच्छिन्द्रले पनि तेस्रो जित आत्मसात ग¥यो । मच्छिन्द्रका लागि सौरभ लिम्बू र जोनाथन कान्टिलानाले समान…