दाङ । बुवा गम्भीर बिरामी हुँदा समेत विदा नपाएको पीडाबीच दाङमा प्रहरी जवान हरीबहादुर जीसीले आत्महत्या गरेको घटनाले सुरक्षा संगठनभित्रको मानवीय संवेदनशीलता र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। यो विषयलाई सामान्य घटनाका रूपमा टार्न नहुने भन्दै व्यापक छानबिन गरी सम्बन्धित हाकिममाथि ‘दूरुत्साहन मुद्दा’मा कारबाही हुनुपर्ने मागसहित जनआवाज उठेको छ। घटनापछि सामाजिक सञ्जाल, मानवअधिकारकर्मी र…