काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार एकै दिन प्रतितोला १४ हजार ६ सय रूपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको जनाइएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार ५…