काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत समावेशीताको आधारमा उम्मेद्वारको बन्द सूची पेश गर्नुपर्ने नयाँ मापदण्ड ल्याएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका अनुसार दलहरूले बन्द सूचीमा कम्तीमा ११ र बढीमा १ सय १० जनासम्म उम्मेद्वार समावेश गर्नुपर्नेछ । यो सूची अब राष्ट्रिय जनगणना २०७८ का तथ्यांकमा आधारित जातीय–समावेशी संरचनाअनुसार मिलाउनुपर्नेछ ।…