काठमाडौं । अत्यधिक गर्मीका कारण पर्साका वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।…