सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–११, करमोहानमा रहेको जनता आधारभूत विद्यालयलाई चार थान स्मार्टबोर्ड प्रदान गरिएको छ । ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नसँग समन्वय गरी सञ्चालन गरिरहेको समुन्नति परियोजना अन्तर्गत विद्यालयमा प्रविधिमैत्री सिकाइका लागि स्मार्टबोर्ड प्रदान गरिएको हो । विद्यालयलाई १२ लाख ८८ हजार २ सय रुपैयाँ बराबरको स्मार्टबोर्ड प्रदान गरिएको संस्थाले जनाएको…