Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


बुद्धभुमीका ४ सय बालबालिकालाई शैक्षिक सामाग्री


273
Shares

सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री वितरण गरेको छ ।

नगरपालिका भित्रका विद्यालय र मदार्सामा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ४ सय विपन्न र अनाथ बालबालिकालाई झोला, कापी, कलम सहितको शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।

मेयर केवश कुमार श्रेष्ठ, उप मेयर मीरा थारु प्रमुख प्रशाकीय अधिकृत रमेश गौतम, उप सचिव लिल बहादुर राउत, शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई सहीतको टोलीले बालबालिकालाई सो शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

गरीब र विपन्न परिवारका बालबालिकालाई शिक्षाकाे पहुँच बढाउने उद्देश्यले नगरपालिकाले शैक्षिक सामाग्री वितरण गरेकाे मेयर श्रेष्ठले बताउनुभयो।