काठमाडौं । देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ । गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रह्यो । शिक्षक आन्दोलन शुक्रबार पनि जारी रहने भएकाले पठनपाठन आज पनि नहुने पक्का छ । बिहीबार काठमाडौं उपत्यकामै पनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन । काठमाडौं महानगरपालिकाले…