काठमाडौं, असोज २ । विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा देखिएका समस्या सुधारका लागि शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई शुक्रबार मागपत्र बुझाएका छन् । सयुंक्त विद्यार्थी संगठनको तर्फबाट सात दिने अल्टिमेटमसहित माग सम्बोधनका लागि शुक्रबार शिक्षामन्त्री पोखरेललाई मागपत्र बुझाएको नेबिसंघका महामंत्री बलदेव तिमल्सिनाले बताउनुभयो । कोभिड– १९ सँगै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर नभएको, सरोकारवाला…