वीरगंज ।वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पार्नुभएको छ । वीरगंजमा आज सम्पन्न आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू…