काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुहुने भएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका अध्यक्ष ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जान लाग्नु भएको ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा ओलीले स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा…