नरेन्द्र मानन्धरकाठमाडौं । काठमाडौं उपत्यकाका सिमसार क्षेत्र विकासको नाममा भएका अनियन्त्रित संरचना विस्तारको चपेटामा पर्न थालेका छन् । पर्यावरणीय दृष्टिकोणले मुल्यवान रहेका यी क्षेत्र मानव मात्र होइन पशुपंक्षीहरूको लागि पनि उत्तिकै महत्वपूर्ण छन् । कमल पोखरीको नामले चिनिएको काठमाडौं महानगरपालिका भित्रका योे सिमसार क्षेत्रमा केही वर्ष अघिसम्म ढकमक्क कमलका फूलहरू फुल्थे । तर, अहिले सिमसार…