काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भएपनि बजेटको अभावमा सो काम सहज ढंगले अघि बढ्न नसकेको मन्त्री तामाङको स्पष्टिकरण थियो । शुक्रबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक…