काठमाडौं । नेपाल पर्यटक गन्तव्यका मुलुकमध्ये एक उत्कृट मुलुकमा पर्दछ । नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताका उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका देशका रूपमा आफ्नो परिचय बनाउन सफल भएको छ । यसैअनुरुप नेपालमा पर्यटक आगमनको संख्या बढ्दोछ तर हरेक वर्ष हुने ठूला-ठूला हवाई तथा सडक दुर्घटनाको प्रभाव पर्यटन क्षेत्रमा परेको छ ।
पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो सात महिना अर्थात जनवरीदेखि जुलाईसम्म ६ लाख ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोहि अवधिभन्दा २१ प्रतिशतले बढी हो । यही अनुपातमा पर्यटक आएमा वार्षिक १२ लाख पर्यटक आउने पर्यटन बोर्डको अपेक्षा छ ।
प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं साहसिक पर्यटनको एक उत्कृष्ट गन्तव्यका रूपमा नेपाललाई लिइन्छ । नेपालको जैविक तथा जलवायु विविधताले साहसिक, मनोरञ्जनात्मक एवं प्राकृतिक पर्यटनलाई आकर्षण गरेको देखिन्छ । आर्थिक मेरुदण्डको रुपमा लिइएको पर्यटन उद्योगलाई नेपालमा वर्र्षै पिच्छे हुने हवाई तथा सडक दुर्घटनाले प्रभावित पारेको टानका पूर्वअध्यक्ष खुमबहादुर सुवेदी बताउनुहुन्छ ।
आर्थिक मेरुदण्डको रुपमा लिइएको पर्यटन उद्योगलाई नेपालमा बर्र्षै पिच्छे हुने हवाई तथा सडक दुर्घटनाले प्रभावित पारेकोछ । पर्यटन समृद्धिको आधार हो भनेर यसैअनुरुप सरकारले पनि उच्च प्राथमिकतामा राखेकोछ । तर बेला बेला हुने सरकार परिर्वतनको असर नीतिगत रुपमा नपरेपनि कार्यन्वयन पक्ष फितलो हुने गरेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ ।
हवाई तथा सडक दुर्घटना दुर्भाग्य र दुःखद घटना भएपनि नेपालको पर्यटन उद्योग व्यवसायका लागि यसको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । नेपालमा दुर्गम यात्रा गर्दा होस् या पदयात्रा गर्दा, हवाई र सडक यातायातको जोखिमपूर्ण यात्राको डरले नेपालको पर्यटन उद्योग व्यवसायलाई नकारात्मक दृष्टिले हेर्नै गरिएको छ ।
बेला बेलामा हुने विमान तथा सडक दुर्घटनाको नराम्रो सन्देशको परिणाम पर्यटक आवागमनमा बाधा पुगेको हो । नेपाल प्रवेश गर्ने वाह्य पर्यटकमध्ये ९० प्रतिशतले हवाईमार्ग प्रयोग गर्ने गरेका छन् । हवाई यातायात र पर्यटन उद्योगको दिगो विकास र सफलताका लागि एकापसमा निर्भर छन् । तर सरकारले महत्व नदिएको गुनासो व्यवसायीहरु गर्छन् ।
पर्यटन उद्योगले हवाई तथा सडक यात्राको सहज सेवाका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ तसर्थ, देशमा पर्यटन विकास तथा विस्तारका लागि सरकारले हवाई क्षेत्र र सडक सञ्जालमा सुरक्षित, मितव्ययी र प्रभावकारी बनाएर पर्यटन उद्योग सुरक्षित र भरपर्दो बनाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्