काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू क्षेत्र जोडेर निर्माण गरिने सम्पदा मार्गले पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका–स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको नमूना गन्तव्यस्थल बन्ने बताउनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा…