Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भवानीपुरमा संग्रहालय स्थापना गरिने


52
Shares

काठमाडौं । गौतम बुद्धको मावली गाँउका रुपमा परिचित रुपन्देहीको देवदहस्थित भवानीपुरमा संग्रहालय स्थापना गरिने भएको छ ।

चालु आर्थिक वर्षमा भवानीपुरमा संग्रहालय सञ्चालन गर्ने, भवानीपुरलाई मायादेवी पार्कको रुपमा विकास गर्ने, बैरीमाई कन्यामाईको संरक्षणका लागि पर्खाल लगाउने, खयरडाँडामा उत्खनन् कार्य सुरु गर्ने लगायतका काम गर्ने तयारी गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले देवदहको पुरातात्विक स्थलहरुको अवलोकन पनि गरेको छ । कोषका कोषाध्यक्ष भट्टराई नेतृत्वको टोलीले देवदहको भवानीपुर, कन्यामाई, तिलोत्तमा नगरपालिका–११ को पुरातात्विक कुमारवर्ती क्षेत्रको अवलोकन गरेको छ ।

अवलोकनका क्रममा कोषको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनका सन्दर्भमा देवदह क्षेत्रको पुरातात्विक क्षेत्रहरुको अवलोकन गरी जनप्रतिनिधि, समाजसेवी, सर्वसाधारणसँग सुझाव लिइएको लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषले चालु आर्थिक वर्षमा भवानीपुरलाई मायादेवी पार्कको रुपमा अघि बढाउन देवदहका सबै ऐतिहासिक ठाउँमा जाने गरी विकास गर्ने लक्ष राखेको छ ।