काठमाडौं । होटल चेन होलिडे ईनले नेपालको सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल खोल्ने भएको छ । यसका लागि होलिडे ईन आइएचजी र क्लब चौलानीबीच होटल व्यवस्थापनको सम्झौता भएको छ । सम्झौतामा होलिडे ईनका तर्फबाट आइएचजी होटल्स एण्ड रिजर्ट्सका दक्षिण एशिया प्रबन्ध निर्देशक सुदीप जैन र क्लब चौलानीका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी.ले हस्ताक्षर गरेका छन् ।…