Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनकाे खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख रूपैयाँ फेला पारेको हो । उनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।…