Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ


2.4k
Shares

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रदेशसभा ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका विष्णु लामा डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनकाे खयरमाराबाट गाडी सर्च गर्दा डेढ लाख रूपैयाँ फेला पारेको हो ।

उनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका लामासहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरीका एसपी कृष्ण पंगेनीले यसबारे थप अनुसन्धान भइरहेको बताउनु भयाे । लामाले माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।