रेल आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


रेल आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने


338
Shares

धनुषा । जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले आज र भोली अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो संख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ ।

रेलामार्ग अन्तर्गत कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेशन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेका छन् ।