काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेट (यूएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ । आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण आईसीसी बोर्डको भर्चुअल बैठकले अमेरिकालाई निलम्बन गरेको हो । तर, यो निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप वा २०२८ को लसएन्जेलस ओलम्पिक खेलमा अमेरिकाको सहभागितामा भने असर पार्नेछैन…