सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको रातमाटामा गएराति आगलागि हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । शाह स्टोरमा बिद्युत सर्ट हुँदा आगलागि भएको थियो । आगलागीबाट २० वटा गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानिय वासिन्दा, सुरक्षा निकाय र तीनवटा बारुण यन्त्र परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।…