Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन


6.3k
Shares

काठमाडौं ।

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ।

आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निजामती तर्फका प्राविधिक राजपत्रांकित तृतीय श्रेणी (सातौँ तह) तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूका लागि दरखास्त माग गरेको हो।

आयोगका अनुसार इच्छुक उम्मेदवारले आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलो दस्तुर (दोब्बर शुल्क) तिरेर मंसिर २३ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट भर्न सकिनेछ।

आयोगले प्रत्येक विज्ञापनका लागि आवेदन दस्तुर रु. १,२०० निर्धारण गरेको छ। एउटै पदका लागि समावेशीतर्फ थप आवेदन दिने उम्मेदवारले प्रत्येक अतिरिक्त आवेदनका लागि रु. ४०० थप तिर्नुपर्नेछ।