काठमाडौं । आज नेवार समुदायकोे सिथि नखः पर्व । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।…