Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ–माधव नेपाल

आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री देउवाले निराश बनाए, प्रतिरक्षा गर्न सक्ने अवस्था छैन– गगन थापा

पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।

माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

प्रतिवादमा उत्रनुपर्ने अवस्थामा नपुर्‍याउन सरकारलाई केपी ओलीको चेतावनी

ओलीले भन्नुभयो, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने एमाले नेता विष्णु पौडेलको दाबी

नेपाल समूहलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिँदै पौडेल उद्घोषण गर्नुभयो, ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं । आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन

आफैंलाई गाली गर्न थालौं भन्दै दाहालले भने-आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ

काठमाडौं, भदौं ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । माओवादी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता

पूर्वन्यायाधीश केसी रिट लिएर सर्वोच्चमा, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा सरिक गराउन माग

काठमाडौं, भदौं २८ । संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूलाई संलग्न गराई सुनुवाई गर्न माग गर्दै सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले पुरक निवेदन दिनुभएको छ । न्यायाधीश हरि फुँयालको

एमसीसीविरुद्ध सडकमा उत्रिए नेत्रविक्रम चन्द, काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

माधव नेपालसहितका १४ नेतालाई निष्काशन गरे मात्र सभामुखसँग संवाद–नेकपा एमाले

काठमाडौं, भदौं २८ । आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ । सभामुख

ओलीले भने सापकोटा सभामुखको कुर्सीमा बस्न लायक छैनन्, संसद अवरोधमा संयम नगुमाउन आफ्ना सांसदलाई निर्देशन

पार्टीले तोकेका भन्दा बाहिरका नारा नलगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएकाले आज बसेको पहिलो बैठकमा एमालको सांसदहरु केही संयमित जस्ता देखिएका थिए ।