माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली « Image Khabar


माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली


Border circle
Imagekhabar

काठमाडौं, ३१ भदौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

१५/१५ वर्ष पार्टी चलाएका व्यक्तिले आफ्नो ईगोका लागि देश, जनता र लाखौँ कार्यकर्ता भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै ओलीले थप्नुभयो, ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन । तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपाल र प्रचण्डलाई खिस्याउँदै ओलीले ती पार्टीमा भएका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा फर्कन आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्