Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको चेतावनी


0
Shares

रसियाले वासिङ्टन इरानसँगको आणविक हतियार सम्झौताबाट पछि हट्नु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा हतियार नियन्त्रण प्रयासमा एक विशाल धक्का हुने भन्दै सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई नतोड्न शुक्रबार चेतावनी दिएको हो ।

यसले इरानसँगको आणविक सम्झौतालाई गम्भीर रूपमा प्रभावित पार्नेछ, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सन्चारकर्मीसँगको कुराकानीमा बताए ।

यस्तो कार्यले स्प्रष्ट रूपमा पूर्वानुमान गर्नसक्ने वातावरण, सुरक्षा स्थापना, शान्ति तथा स्थिरता र विश्वभर हतियार नियन्त्रण गर्ने प्रयासलाई विफल पार्नेछ । (रासस÷सिन्ह्वा)