सामसुङ प्रमुखद्वारा राजीनामा, ‘युवापुस्तालाई अवसर दिइने’ • Image Khabar Image Khabar


सामसुङ प्रमुखद्वारा राजीनामा, ‘युवापुस्तालाई अवसर दिइने’


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार २०:५७

सामसुङ प्रमुखद्वारा राजीनामा, ‘युवापुस्तालाई अवसर दिइने’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताएका छन् ।

पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिलेमात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ ।

उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ ।

दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झन्डै ६० ओटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ ।

सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् । ( रासस/सिन्ह्वा)

 

प्रतिक्रिया दिनुहोस्