
कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्वोन ओह ह्युनले प्रविधिको बढ्दो चुनौतीलाई सामना गर्न आफुले नसक्ने भएकाले नयाँ युवालाई अवसर दिनका लागि आफुले पद त्याग गरेको बताएका छन् ।
पदत्याग गर्नेबारे आफुले केही समयअघिदेखि नै सोचिरहेको र अहिलेमात्रै कार्यान्वयनको चरणमा पुगेको उनको भनाइ छ ।
उनले कार्यकारी प्रमुखको जिम्मेवारी छोडेपछि कम्पनीको बोर्ड सदस्यमा भने सन् २०१८ सम्म रहिरहने कम्पनीले जनाएको छ ।
दक्षिण कोरियामा सामसुङ कम्पनीसँग सम्वन्धित झन्डै ६० ओटा कम्पनीहरु रहेकाले देशको ठूलो व्यापारिक समूहमा पर्दछ ।
सामसुङ कम्पनीमा दक्ष कर्मचारीहरू एकपछि अर्को गरी पर्याप्त भएकाले उनको बहिर्गमनले कम्पनीको व्यापारमा खासै असर नपर्ने कम्पनीका उच्च अधिकारीहरूले बताएका छन् । ( रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्