२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तिहारलाई पाला बनाउने चटारो, कसरी बनाइन्छ पाला ? (भिडियो)


0
Shares

विभिन्न शुभकार्यमा समेत प्रयोग हुने माटोको पालाको माग तिहारको समयमा भने धेरै हुने गरेको छ ।

विगतमा जस्तै यो वर्ष पनि माटोको अभाव भए पनि भक्तपुरका प्रजापति समुदायले तिहारका लागि बत्ती बाल्ने पाला बनाउन छाडेका छैनन् ।

माटोका भाडा बनाउँदै आएको यो समुदायलाई तिहारलाई आवश्यक पर्ने माटाको भाडा बनाउन भ्याई नभ्याई छ । उनीहरुले सानो पालाको २ रुपैयाँ र ठूलोको ५ रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका छन् ।

दिपावली गर्दा मैनबत्ती बाल्ने प्रचलन बढ्दै गए पनि माटोको पालाको महत्व भने घटेको छैन ।

पछिल्ला वर्षहरुमा माटोको पालामा मैन भरेर बाल्ने चलन बढेको छ । सुरक्षाको दृष्टिलेसमेत माटोको पालामा बत्ती वाल्दा उपयुक्त हुने जानकारहरु बताउँछन् ।

तिहारमा पाला, भिउँट, ठेकी, धुपौरोलगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ ।

भक्तपुरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुरथिमी नगरको नगदेश, बोडे, चपाचोलगायतका स्थानका प्रजापति समुदायले माटोका सामग्री बनाउँदै आएका छन् ।

मुलुकलाई हरेक सामानमा आत्मनिर्भर बनाउने अभियान चलिरहँदा नेपाली कच्चा पदार्थबाटै सञ्चालन हुने यस्ता मौलिक उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नुपर्ने देखिन्छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)