
सिन्धुपाल्चोकमा रोजगारीका पर्याप्त अवसर नभएका कारण छोटो समयको जागीर खान पनि युवाको भीड लागेको हो ।
शारीरिक रुपमा तन्दुरुस्त भएमा काम गरेको अनुभव नचाहिने कारण पनि यसमा फारम भर्नेको भीड लागेको हो ।
आवेदन दिनेमा भर्खरै एसइइ पास गरेकादेखि ४० वर्ष कटेकाहरु पनि छन् ।
म्यादी प्रहरीमा भर्ना हुन जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालयमा फारम भर्न आएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए ।
सिन्धुपाल्चोकमा १४ सयभन्दा बढीले आवेदन दिइसकेका छन् । म्यादी प्रहरीमा आवेदन दिने म्याद आज सकिंदैछ ।
प्रतिक्रिया दिनुहोस्