
व्यवस्थापिका संसदका सहसचिव डा. भरतराज गौतमको नेतृत्वमा गठित ‘संघीय संसद एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समिति’ ले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेशसभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
‘यो प्रारम्भिक अनुमान हो, यसमा घटबढ हुन सक्छ,’ संसदका प्रवक्तासमेत रहेका डा. गौतमले भने । उनका अनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा लाग्ने खर्चमात्र नभई कर्मचारी व्यवस्थापनसहितका अन्य सरोकारवाला विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्