१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


अफगानिस्तानमा हक्वानी नेटवर्क र तालिबानका ३४ जना लडाकू मारिए


0
Shares

उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेनाले उनीहरुको खोजी गरिरहेको थियो । सोमबार साँझ अफगान सुरक्षा फौज र हक्वानी नेटवर्कका ती लडाकूहरुबीच भिडन्त पनि भएको थियो । उक्त भिडन्तमा परी अरु केही लडाकू पनि घाइते पनि भएका छन् ।

सो भिडन्तमा परी मारिएका २६ जनाको शव भेटिएको र घाइते भएका ७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ ।

सो जानकारी खोस्टका गभर्नरले दिएका हुन् । खोस्टमा मंगललबार बिहान पनि भिडन्त जारी नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठजना तालिबान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौं हतियारधारी मारिएका बताइएको थियो ।

त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । (रासस/सिन्ह्वा)