बिहे भएको पाँच दिनपछि बेहुला बेपत्ता • Image Khabar Image Khabar


बिहे भएको पाँच दिनपछि बेहुला बेपत्ता


Imagekhabar
१ कार्तिक २०७४, बुधबार ०६:४०

बिहे भएको पाँच दिनपछि बेहुला बेपत्ता

अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको पाँच दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए ।

हराएको आठ दिन भइसक्दा पनि उनको बारेमा कुनै जानकारी आउन नसकेको आफन्तले बताएका छन् । बेहुला र बेहुलीका आफन्तले प्रहरी प्रशासन र नागरिक समाजलाई खोजिदिन अपिल गरेका छन् ।

सोही गाउँपालिका–४ पटौटीकी २१ वर्षीय विष्णु घिमिरेसँग असोज १६ गते भट्टराईको विवाह भएको थियो । बेहुला नवलपरासीको डेढ मावि डेढगाउँमा निमावि तहमा गणित विषयका स्थायी शिक्षक हुन् । उनी आफन्त लगायत कसैको सम्पर्कमा नभएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्