१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने ट्रम्पको आदेश कार्यान्वयनमा रोक


0
Shares

हवाइ राज्यको होनोलुलुस्थित संघीय अदालतले राष्ट्रपति ट्रम्पले ल्याएको नियम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले फैसला गरेपछि नियम कार्यान्वयनमा नआउने भएको छ ।

विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी नियम तत्कालका लागि कार्यान्वयन नगर्न अदालतले आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले देशको सुरक्षाका लागि भन्दै ल्याएको यात्रा प्रतिबन्धसम्बन्धी नियम यो हप्ता लागू गर्ने तयारी थियो । ट्रम्पको यात्रा प्रतिबन्धसम्बन्धी नियमअनुसार इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरिया नागरिक तथा भेनेजुएलाका केही अधिकारी प्रभावित हुने थिए ।

नयाँ नियम कार्यान्वयनका लागि अमेरिकाको संघीय आप्रवासी कानुन अनुसार राष्ट्रपतिसँग अधिकार नरहेको अदालतले ठहर गरेको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाले लगतै मुस्लिम बाहुल्य विभिन्न ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी नियम ल्याएका थिए । (एजेन्सी)